काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सर्लाही- ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. अमरेश सिंहलाई उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले बधाई दिएका छन्।
कांग्रेसका सभापतिसमेत रहेका थापाले सामाजिक सञ्जालमार्फत सिंहलाई बधाई दिँदै सर्लाही- ४ का मतदाताप्रति कृतज्ञता व्यक्त गरेका छन्।
थापाले उक्त क्षेत्रमा आफूले देखेका समस्याहरूको सम्बोधन गर्न आफ्नो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना ! मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु,’उनले भने,’यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।’








