गृहपृष्ठ Featured २ बालिकालाई बलात्कार गरेको आरोप, ५५ वर्षका पुरुष पक्राउ

२ बालिकालाई बलात्कार गरेको आरोप, ५५ वर्षका पुरुष पक्राउ

दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पाबाट एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा थवाङ गाउँपालिका-४ थर्पु ठेगाना भएका ५५ वर्षीय धन प्रसाद पुन रहेका छन्।

उनले गाउँकै १५ वर्षीया किशोरी र उनकै ११ वर्षीया बहिनीलाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।

सम्बन्धित् समाचार