वैखरी अनलाईन, बाणगंगा ।
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कपिलवस्तु क्षेत्र नम्बर १ मा पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार अतहर कमाल मुसलमानले पराजयपछि पनि जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले कपिलवस्तु–१ बाट निर्वाचित मोहनलाल आचार्यलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
मुसलमानले आफूलाई माया, विश्वास र मत दिने क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै निर्वाचन परिणाम जे भए पनि क्षेत्रका समस्याहरू समाधान गर्न आफ्नो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहने बताएका छन्।









