आइतबार गाजा पट्टीमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा १२ प्यालेस्टिनीको मृत्यु भएको छ।
मारिएकामा दुई बालबालिका, एक गर्भवती र आठ प्रहरी अधिकारी पनि छन्।
मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा रहेको घरमा भएको आक्रमणमा एक दम्पती र उनीहरूका १० वर्षीय छोराको पनि मृत्यु भएको छ।
अर्को एउटा आक्रमणमा जावैदा क्षेत्रमा प्रहरीको गाडी पल्टाइएको थियो, जसमा आठ प्रहरी अधिकारी मारिए।
इजरायलले हमासको आक्रमण र युद्धविराम उल्लङ्घनको जवाफमा कारबाही गरिरहेको बताएको छ।
यसैबिच इजरायलले इजिप्ट र गाजाको बिचमा रहेको रफाह क्रसिङलाई फेरि खोल्न अनुमति दिने घोषणा गरेको छ।
क्रसिङ सीमित संख्यामा यात्रुका लागि मात्र खुला रहनेछ, अन्य सामान बोक्न अनुमति दिइने छैन।







