गृहपृष्ठ Featured रूपन्देहीमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ

रूपन्देहीमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ

रूपन्देहीमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।

शुक्रबार राति अन्दाजी ९ बजेतिर मायादेवी गाउँपालिका–६ मा लागुऔषध नियन्त्रण ब्युरो, काठमाडौंबाट खटिएको टोलीले तीन जनालाई ३०० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

ब्युरो स्रोतका अनुसार दुई जना भारतीय नागरिक छन्। एक जना नेपाली नागरिक हुन्।

उनीहरूबाट ब्राउन सुगरसहित एउटा पेस्तोल र दुई राउन्ड गोली पनि बरामद भएको स्रोतले बतायो।

स्रोतका अनुसार अँध्यारोमा प्रहरी देखेपछि उनीहरू भागाभाग गरेका थिए। त्यसक्रममा प्रहरीले ५/६ राउन्ड गोलीसमेत चलाएको थियो।

‘अँध्यारोमा उनीहरू भागाभाग भएपछि नियन्त्रणमा लिन गोली चलाउनुपर्ने अवस्था आयो,’ स्रोतले भन्यो, ‘हवाई फायर गरिएको हो र एक जनाको खुट्टामा सामान्य चोट छ।’

 

उनीहरूमाथि अब प्रहरी कार्यालय पुर्‍याएर सोधपुछ र अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ।

सम्बन्धित् समाचार