नेपाली कांग्रसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्।
फागुन २१ गते भएके प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्।
सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका स्रोतले जनाएको छ। तर, थापाले दिएके राजीनामा पत्र भने सार्वजनिक भएको छैन।
कांग्रेसले यही चैत ६ गते केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ। बैठकअघि थापाले राजीनामा दिएका हुन्।








