गृहपृष्ठ Featured अमेरिकाले स्थल सेना पठाए कडा जवाफ दिने इरानको चेतावनी

अमेरिकाले स्थल सेना पठाए कडा जवाफ दिने इरानको चेतावनी

काठमाडौं । इरानी सेनाका एक उच्च अधिकारीले अमेरिकाले आफूहरूको भूमिमा ‘ग्राउन्ड अट्याक’को प्रयास गरेमा उसले ठूलो र नचिताएको जवाफ पाउने चेतावनी दिएका छन ।

ती अधिकारीका अनुसार, इरानको भूमिमा आक्रमण गर्नु ‘रेड लाइन’ हो, जसलाई पार गर्दा युद्ध अझ खतरनाक मोडमा पुग्न सक्छ । उनले पहिले पनि ‘शत्रु’ले आक्रमण गर्दा इरानले ‘सरप्राइज’ दिएको बताए । यसपटक पनि त्यस्तै हुने उनको भनाइ थियो ।

ठूलो युद्ध भए त्यसको असर आफ्नो देशमा मात्र नभई सम्पूर्ण पश्चिम एसिया र खाडी क्षेत्रमा पर्न सक्ने इरानले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गल्ती गरेमा उक्त देशका सैनिकहरूले भारी नोक्सानी व्यहोर्नुपर्ने कडा चेतावनी दिइएको छ । परिस्थिति खराब र सैनिकहरूको शव फिर्ता लैजान समेत मुस्किल हुन सक्ने उल्लेख गरिएको छ ।

इरानले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पनि चेतावनी दिँदै आफ्नो देशका टापुहरूमा आक्रमण गरिए उसको तटीय क्षेत्र पनि सुरक्षित नरहने जनाएको छ ।

ट्रम्पले आफू हाल युद्धविरामको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

सम्बन्धित् समाचार