गृहपृष्ठ खबर सुभमको २ गोलमा फ्रिड्म फाउण्डेशनको शानदार जित

सुभमको २ गोलमा फ्रिड्म फाउण्डेशनको शानदार जित

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–२ राजपुरमा सुरु भएको तेस्रो डिवाईसी कप खुल्ला नकआउट फुटबल प्रतियोगितामा फ्रिड्म फाउण्डेशन चारनम्बरले विजयी सुरुवात गरेको छ ।

आज भएको उद्घाटन खेलमा फ्रिड्म फाउण्डेशनले आयोजक दर्णण युवा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै शानदार जित दर्ता गरेको हो ।

फ्रिड्मको जितमा सुभम रेस्मी मगरले २ गोल गरेका थिए भने प्रतिक थापाले १ गोल थपे । उत्कृष्ट प्रदर्शन गरेका सुभम नै ‘म्यान अफ द म्याच’ घोषित भए ।

आजदेखि सुरु भएको प्रतियोगिता आगामी जेठ १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ ।

सम्बन्धित् समाचार