गृहपृष्ठ Featured विश्व स्वास्थ्य सङ्गठनकाे चेतावनी– ‘इबोला भाइरस सोचेको भन्दा छिटो फैलिरहेको हुन सक्छ’

विश्व स्वास्थ्य सङ्गठनकाे चेतावनी– ‘इबोला भाइरस सोचेको भन्दा छिटो फैलिरहेको हुन सक्छ’

कङ्गोमा कम्तीमा १३१ जनाको ज्यान लिइसकेको इबोला प्रकोप शुरूमा सोचिएको भन्दा छिटो फैलिरहेको हुन सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक प्रतिनिधिले चेतावनी दिएका छन् ।

एजेन्सीले जति धेरै अनुसन्धान गर्छ त्यति नै सङ्क्रमण अन्य क्षेत्रहरूमा फैलिरहेको पत्ता लागेको डब्ल्यूएचओकी डा. एनी एन्सियाले बताउनुभएको बीबीसीले जनाएको छ ।

अधिकारीहरूले आजसम्म कङ्गोमा ५०० भन्दा धेरै शङ्कास्पद सङ्क्रमित रहेको बताएका छन् भने छिमेकी युगान्डामा एक जनाको ज्यान गएको छ । तर लन्डनमा रहेको एमआरसी सेन्टर फर ग्लोबल इन्फेक्सियस डिजिज एनालिसिसको मोडलिङले ‘पर्याप्त’ पत्ता लगाउन नसकिएको र १ हजारभन्दा धेरै सङ्क्रमित भइसकेका कुरालाई अस्वीकार गर्न नसकिने सुझाव दिएको छ ।

अध्ययनका अनुसार अहिलेको प्रकोप ‘अहिले पत्ता लागेको भन्दा ठूलो’ र यसको ‘वास्तविक परिमाण अनिश्चित’ छ । रेडक्रसले यदि सङ्क्रमितहरू चाँडै पहिचान गरिएन भने इबोला भाइरस द्रुत गतिमा फैलिन सक्ने चेतावनी दिएको छ ।

यसैबीच डब्ल्यूएचओले कङ्गोको पूर्वी इटुरी प्रान्तमा इबोला प्रकोप फैलिएपछि त्यसबाट संसारभरि चासो सिर्जना भएको भन्दै ‘विश्व स्वास्थ्य सङ्कट’ घोषणा गरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानम गेहब्रेयससले ‘सङ्क्रमित व्यक्तिहरूको वास्तविक सङ्ख्या र प्रकोप फैलिएको भूभागबारे व्यापक अनिश्चितता रहेको’ बताउनुभएको छ ।

सम्बन्धित् समाचार