गृहपृष्ठ खबर कपिलवस्तुमा करेन्ट लागेर इन्टरनेट कम्पनिका कर्मचारीको मृत्यु

कपिलवस्तुमा करेन्ट लागेर इन्टरनेट कम्पनिका कर्मचारीको मृत्यु

कपिलवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिका- ३ मा इन्टरनेट रिपेयर गर्ने क्रममा करेन्ट लागेर बिहिबार एक जनाको मृत्यु भएको छ।

जिल्लाको शिवराज नगरपालिका–३ खरेन्द्रपुरस्थित एक घरमा पञ्चकन्या जे.बि.एम. केबुल नेट चन्द्रौटाको इन्टरनेट लाइन मर्मत गर्ने क्रममा कर्मचारी लेखु थापालाई अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–८ फेक घर भई हाल शिवराज–३ मदवामा बस्दै आएका ३२ वर्षीय लेखु थापा गम्भीर घाइते भएका थिए। करेन्ट लागेपछि उनलाई तत्काल बुद्ध पोलिक्लिनिक खरेन्द्रपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल लगिएको थियो ।

उपचारका क्रमम मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित् समाचार