गृहपृष्ठ खबर देशका धेरै ठाउँमा रातभर वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

देशका धेरै ठाउँमा रातभर वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ — देशका धेरै ठाउँमा रातभर पानी परेको छ । एक/दुई ठाउँमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागको एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

भोलि पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । हिजो काठमाण्डौ उपत्यकाका केही ठाउँमा ठूलो पानी पर्दा सडक जलमग्न भएका थिए ।

सम्बन्धित् समाचार