गृहपृष्ठ अन्तरास्ट्रिय खबर गुगललाई डेढ खर्ब रुपैयाँभन्दा धेरै जरिवाना

गुगललाई डेढ खर्ब रुपैयाँभन्दा धेरै जरिवाना

युरोपेली सङ्घ (ईयू) ले बहुराष्ट्रिय प्रविधि कम्पनी गुगललाई ८९ करोड युरो अर्थात् डेढ खर्ब रुपैयाँभन्दा धेरै जरिवाना गरेको छ ।

प्रतिस्पर्धीहरूका एप र सेवाहरूको तुलनामा आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरुपयोग गरेको आरोपमा ईयूले जरिवाना तिराएको हो ।

विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरूको शक्तिलाई नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको महत्त्वपूर्ण कानून ‘डिजिटल मार्केट्स एक्ट’ (डीएमए) अन्तर्गत गुगलविरुद्ध चालिएको यो पहिलो ठूलो कदम भएको बीबीसीले जनाएको छ ।

गुगलका अभ्यासहरूले उपभोक्ताको छनोटलाई सीमित पारेका र आफ्ना सेवाहरूलाई प्रतिस्पर्धीहरूका तुलनामा अनुचित लाभ दिलाएका ईयूको तर्क छ ।

तर कम्पनीले यो निर्णयको आलोचना गर्दै युरोपेली सङ्घका आवश्यकताहरूले लाखौँ युरोपेली ग्राहकहरूले प्रयोग गर्ने सेवाहरूमा क्षति पुर्‍याउन सक्ने दाबी गरेको छ ।

नियम पालना गर्नका लागि आफूहरूले युरोपेलीहरूले मन पराउने ‘रियल–टाइम’ खोज सुविधाहरू—जस्तै होटल, उडान र रेस्टुरेन्टहरूको तत्काल मूल्य तथा उपलब्धतासम्बन्धी जानकारी—हटाउनुपर्ने र ‘गुगल प्ले’ मा रहेका सुरक्षात्मक व्यवस्थाहरू हटाउनुपर्ने अवस्था आएको गुगलका विश्वव्यापी मामिला हेर्ने अध्यक्ष केन्ट वाकरले बताउनुभयो ।

युरोपेली सङ्घका अधिकारीहरूले यो तर्कलाई अस्वीकार गर्दै प्रभावशाली प्लेटफर्महरूले आफ्ना प्रतिस्पर्धीहरूलाई हानि पु¥याउनबाट रोक्न यी उपायहरू आवश्यक रहेको बताएको छ ।

युरोपेली नियामकहरूसँग विवादको लामो इतिहास बोकेको गुगलले यसअघि प्रतिस्पर्धासम्बन्धी विभिन्न मुद्दाहरूमा अर्बाैँ युरो जरिवाना तिरिसकेको छ ।

सम्बन्धित् समाचार