गृहपृष्ठ Featured २६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, सीजेपीद्वारा शान्तिपूर्ण प्रदर्शनको आह्वान

२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, सीजेपीद्वारा शान्तिपूर्ण प्रदर्शनको आह्वान

भारतमा मेडिकल प्रवेश परीक्षा निटको पेपर बाहिरिएको प्रकरणलाई लिएर शुरु भएको विद्यार्थी आन्दोलन अझै सकिएको छैन । शिक्षा प्रणाली सुधार, दोषीमाथि कारबाही र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै विद्यार्थीहरू लामो समयदेखि केन्द्रीय राजधानी नयाँदिल्लीको जंतर–मंतरमा आन्दोलन गरिरहेका छन् ।

यही आन्दोलनलाई समर्थन गर्दै २६ दिनदेखि आमरण अनशनमा बसेका चर्चित सामाजिक अभियन्ता सोनम वाङचुकले अन्ततः हिजो आफ्नो अनशन तोड्नुभएको छ । भारतका केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंह, साथै लद्दाख एपेक्स बडीका प्रतिनिधिहरूको उपस्थितिमा उहाँले अनशन अन्त्य गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।

देशमा सम्भावित हिंसा रोक्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै अनशन अन्त्य गरेको उहाँको भनाइ छ । अनशन तोड्दै उहाँले आन्दोलनकारी र सर्वसाधारणलाई कुनै पनि प्रकारको हिंसामा नउत्रिन आग्रह गर्नुभएको छ । भारत सरकारसँग भएका सहमति र सर्तबारे भने उहाँले  छिट्टै विस्तृत जानकारी सार्वजनिक गर्ने समेत बताउनु भएको छ ।

शैक्षिक सुधारको माग गर्दै विद्यार्थी संगठनहरूले आन्दोलनलाई निरन्तरता दिएका छन् । उनीहरूले परीक्षाको विश्वसनीयता कायम गर्न, दोषीमाथि कडा कारबाही गर्न, परीक्षा प्रणालीमा सुधार तथा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग दोहोर्‍याइरहेका छन् ।

पछिल्लो केही दिनयता दिल्लीमा प्रदर्शन, धर्ना र विरोधसभाहरू चलिरहेका छन् । आन्दोलनको आगामी दिशा सरकार र आन्दोलनकारीबीच हुने थप वार्ताको परिणाममा निर्भर हुने अनुमान छ ।

आन्दोलनलाई देशव्यापी बनाउन कक्रोच जनता पार्टी (सीजेपी) ले आज भारतभर शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान गरेको छ ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावटमा संलग्नलाई कडा सजाय दिलाउन ‘फास्ट ट्र्याक’ अदालत स्थापना गर्ने घोषणा गर्नुभएको छ ।

तर सीजेपीका संस्थापक अभिजीत दीपके, कंग्रेस नेता राहुल गान्धी र आम आदमी पार्टीका अरविन्द केजरीवालसहितका प्रमुख विपक्षी नेताहरूले प्रधानमन्त्रीको घोषणा ध्यान मोड्ने प्रयास मात्र भएको भन्दै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको तत्काल राजीनामा मागेका छन् ।

विद्यार्थी आन्दोलन तिव्र बन्दै जाँदा बस, ट्याक्सी र रेल सेवाम प्रभावित भएको छ । शैक्षिक गतिविधि अवरुद्ध छन् भने हिंसात्मक घटना हुने चिन्ता बढेको छ ।

सम्बन्धित् समाचार