वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको बाणगंगामा नगरपालिकामा बदेल काटी रहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
बाणगंगा नगरपालिका १० बनकट्टीमा प्रहरी चौकी भदवा मेचकुरीबाट खटी गएको जुक्ति बहादुर खत्रीको टोलीले फेला पारी ४ जनालाई नियन्त्रणमा लिएको छ भने ४ जना फरार भएका छन ।
बाणगंगा १० का बर्ष ३२ का खडक बहादुर थारु, बर्ष २८ का कमल चौधरी, बाणगंगा २ पिपरा बस्ने बर्ष ४५ का चिल्लु थारु र बाणगंगा २ का बर्ष ४६ अश कुमार थारुलाई प्रहरीले पक्राउ गरेको छ भने चार जना भने फरार भएका छन ।
जसमा बाणगंगा २ बर्ष ३५ का सन्दिप थारु, बाणगंगा १० का बर्ष ४५ को सिलक थारु , दिपक थारु, र सुक्कै थारु रहेको प्रहरीले जनाएको छ ।
स्थानिय दुहे थारुको घरको आगनमा बदेल काटी रहेको अवस्थामा प्रहरी चौकी भदवा मेचकरीबाट घटी गएको जुक्ति बहादुर खत्रीको टोलीले फेला पारी नियन्त्रणमा लिई बन कार्यालयलाई जिम्मा लगाउने तयारी भएको प्रहरीले जनाएको छ ।








