गृहपृष्ठ Featured अबको केही दिन वर्षा कम हुने, तराई मधेशमा गर्मीको सम्भावना

अबको केही दिन वर्षा कम हुने, तराई मधेशमा गर्मीको सम्भावना

काठमाण्डौ – अहिले सबै प्रदेशको एक/दुई ठाउँमा पानी परिरहेको छ ।

पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको ठोकर्पामा सबैभन्दा धेरै ४१ मिलिमिटर वर्षा मापन भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै लमजुङको भुजुङमा ८२ दशमलव ८ र गोरखाको बारपाकमा ८१ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ । देशका धेरै ठाउँमा पानी परेको भए पनि ठूलो पानी परेको छैन ।

यसैबीच पानी पर्ने क्रम केही कम भएको छ । मौसमविद्का अनुसार अबको केही दिन तराई क्षेत्रमा वर्षा कम भई गर्मी बढ्नेछ । काठमाण्डौ उपत्यका सहित पहाडी क्षेत्रमा बदली भइरहे पनि वर्षा कम हुने र लगातारको झरीको सम्भावना रहेको छैन ।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार कम्तीमा आउँदो बुधबारसम्म यस्तै अवस्था रहनेछ । लगातार वर्षा नहुँदा बाढी पहिरोको जोखिम कम हुने भए पनि वर्षा याममा भिजिसकेको जमिन हुने भएकोले सामान्य पानीमा पनि पहिरो तथा सुख्खा पहिरोको जोखिम हुने हुँदा अवस्था बुझेर यात्रा गर्न उहाँको सुझाव छ ।

सम्बन्धित् समाचार