गृहपृष्ठ Featured ट्रम्पद्वारा ‘स्ट्रेट अफ हर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

ट्रम्पद्वारा ‘स्ट्रेट अफ हर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा सार्वजनिक गर्नुभएको छ ।

‘स्ट्रेट अफ हर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा सार्वजनिक गर्दै ट्रम्पले रणनीतिक रूपमा जलमार्गमाथि अमेरिकी नियन्त्रणको सङ्केत दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पले आफ्नो ट्रुथ सोसलमार्फत नक्सा सार्वजनिक गर्नुभएको हो । ‘स्ट्रेट अफ हर्मुज’ विश्वको महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक हो । विश्वको तेल तथा ग्यास आपूर्तिका लागि यो जलमार्ग अत्यन्त महत्वपूर्ण मानिन्छ ।

इरानले फेब्रुअरीको अन्त्यमा अमेरिकासँग युद्ध सुरु भएपछि ‘स्ट्रेट अफ हर्मुज’मा पानीजहाजको आवागमन रोकेको छ । अमेरिकाले इजरायलसँग मिलेर इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि तेहरानले जलमार्ग बन्द गरेको हो ।

ट्रम्पले शुक्रबार पहिलोपटक ‘स्ट्रेट अफ हर्मुज’माथि अमेरिकी नियन्त्रणको सम्भावना उल्लेख गर्नुभएको थियो । उहाँले इरानलाई पराजित गरेपछि उक्त जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने बताउनुभएको थियो ।

सम्बन्धित् समाचार