गृहपृष्ठ Featured चाडपर्वलाई मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन कपिलवस्तु प्रशासनको आग्रह

चाडपर्वलाई मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन कपिलवस्तु प्रशासनको आग्रह

तौलिहवा । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लामा मनाइने चाडपर्वलाई मर्यादित, शान्तिपूर्ण तथा सौहार्दपूर्ण रूपमा मनाउन आग्रह गरेको छ।

प्रशासनले एक सूचना जारी गर्दै जिल्लामा सञ्चालन हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रममा डिजे, लाउडस्पिकरलगायत अत्याधिक ध्वनि प्रदूषण हुने साधनको प्रयोग नगर्न आग्रह गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी भविष्वर घिमिरेले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी भाइचारा कायम राख्दै चाडपर्व मनाउन आग्रह गर्नुभएको छ।

घिमिरेले कुनै पनि समुदायको धार्मिक भावना तथा संस्कृतिमा आघात पुग्ने, उत्तेजना फैलाउने, अफवाह फैलाउने तथा शान्ति सुरक्षामा असर पार्ने कुनै पनि गतिविधि नगर्न आग्रह गर्नुभएको छ। प्रशासनले चाडपर्वका क्रममा कानूनको पालना गर्दै एकअर्काको धार्मिक तथा सांस्कृतिक भावनाको सम्मान गर्न समेत अनुरोध गरेको छ।

सम्बन्धित् समाचार