गृहपृष्ठ Featured रसुवा बिपदपछि राहतका लागि एकजुट हुन कपिलवस्तु उद्योग वाणिज्य संघको आग्रह

रसुवा बिपदपछि राहतका लागि एकजुट हुन कपिलवस्तु उद्योग वाणिज्य संघको आग्रह

वैखरी अनलाइन, कपिलवस्तु।

कपिलवस्तु उद्योग वाणिज्य संघले रसुवासहित विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि एकजुट भएर सहयोग गर्न उद्योगी, व्यवसायी तथा सर्वसाधारणसँग अपिल गरेको छ।

संघका अध्यक्ष गणेशबहादुर क्षेत्रीद्वारा जारी विज्ञप्तिमा विपद्मा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र सम्पर्कविहीन नागरिकहरूको सकुशल उद्धारको कामना गरिएको छ।

विज्ञप्तिअनुसार बाढी र पहिरोका कारण सयौँ नागरिकको ज्यान गएको, कैयौँ अझै सम्पर्कविहीन रहेको तथा घर, सडक, पुल, सवारीसाधन, व्यापारिक प्रतिष्ठान र अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको उल्लेख गरिएको छ। विशेषगरी रसुवागढी भन्सार क्षेत्र र सीमा व्यापारमा समेत गम्भीर असर परेको संघले जनाएको छ।

कपिलवस्तु उद्योग वाणिज्य संघले आफ्ना सदस्य उद्योगी–व्यवसायीलाई राहत संकलन, समन्वय र सहयोग अभियानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्दै आवश्यक परेको अवस्थामा संघबाट पनि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

देशभरका विभिन्न निजी क्षेत्रका संस्थाहरूले समेत बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग अभियानमा सहभागी हुन अपिल गरिरहेका छन्।

सम्बन्धित् समाचार