गृहपृष्ठ Featured नेपाललाई १० लाख डलर सहयोग गर्ने श्रीलंकाको घोषणा

नेपाललाई १० लाख डलर सहयोग गर्ने श्रीलंकाको घोषणा

श्रीलंकाले बाढीबाट प्रभावित नेपाललाई १० लाख डलर मानवीय सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। श्रीलंकाली विदेश मन्त्रालयले सो घोषणा गरेको हो।

मन्त्रालयका अनुसार नेपालका जनताप्रति ऐक्यबद्धता जनाउँदै राष्ट्रपति अनुरा कुमारा दिसानायकेले सो वित्तीय सहयोग गर्न सरकारलाई निर्देशन दिएका थिए। राष्ट्रपति दिसानायकेले बुधबार नै समवेदना सन्देश जारी गरेका थिए।

बिहीबार श्रीलंकाली विदेशमन्त्री विजिता हेराथले परराष्ट्रमन्त्री शिशिर खनाललाई टेलिफोन गरी समवेदना, समर्थन र ऐक्यबद्धता जनाएको श्रीलंकाली विदेश मन्त्रालयले बताएको छ।

श्रीलंका सरकारले नेपाल सरकारलाई जारी उद्धार तथा राहत कार्यमा सघाउँदै जाने पनि स्पष्ट पारेको छ।

सम्बन्धित् समाचार