गृहपृष्ठ Featured चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

काठमाण्डाै – नेपाल–चीन सीमा क्षेत्रमा हिमपहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चिनियाँ दूतावासले आग्रह गरेको छ ।

दूतावासले आज विज्ञप्ति निकालेर सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ‘ओभरफ्लो’ हुन थालेकाले थप जोखिम बढेको जनाएको हो ।

उद्धार तथा आपत्कालीन प्रतिकार्यका लागि अवस्था अत्यन्त संवेदनशील रहेकाले दुवै देशका अधिकारीहरू निरन्तर निगरानीमा जुटिरहेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले तालभन्दा तल्ला क्षेत्रका स्थानीय बासिन्दा र सम्बन्धित कर्मचारीलाई नदीको बहावमा हुने परिवर्तनबारे सचेत रहन र पूर्वतयारी थाल्न अपील गरेको छ । साथै भ्रामक सूचनाको पछि नलागी आधिकारिक समाचारमा मात्र विश्वास गर्न र अनावश्यक त्रास नफैलाउन पनि दूतावसकाे अनुरोध छ ।

चिनियाँ दूतावासकाे विज्ञप्ति

सम्बन्धित् समाचार