गृहपृष्ठ Featured भारतको कोलकातामा भएको भागदौडमा १९ जनाको ज्यान गयो

भारतको कोलकातामा भएको भागदौडमा १९ जनाको ज्यान गयो

भारत पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजाका क्रममा भएको भाग दौडमा कम्तीमा १९ जनाको ज्यान गएको छ । २५ जना घाइते भएका छन् ।

बीबीसी हिन्दीकाअनुसार गएराति पानी पर्न थालेपछि मण्डप नजिकै भेला भएका मानिस ओत लाग्न दौडिँदा भागदौड मच्चिएको थियो । केही दर्शनार्थी सडकमा लडेपछि भीड अनियन्त्रित बनेको प्रहरीको भनाइ छ ।

भागदौडका क्रममा घाइते भएकाहरूको कोलकाता मेडिकल कलेज तथा अन्य अस्पतालमा उपचार भइरहेको छ । अस्पताल पुग्नुभएका पश्चिम बङ्गालका मुख्यमन्त्री सुभेन्दु अधिकारीले राज्यको उच्च अदालतका न्यायाधीशको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरी घटनाको छानबिन गरिने जानकारी दिनुभएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान गर्न दुर्गा पूजा मण्डपका आयोजक, निजी सुरक्षाकर्मी तथा ड्युटीमा खटिएका कर्मचारीलाई पक्राउ गरेको छ । भारतमा  धार्मिक पर्वका क्रममा भीड अनियन्त्रित हुँदा भागदौडका घटना पटक पटक हुँदै आएका छन् ।

सम्बन्धित् समाचार