गृहपृष्ठ Featured बङ्गलादेशका मन्त्री पेस्तोल बाेकेर छापा मार्न निस्किएपछि..

बङ्गलादेशका मन्त्री पेस्तोल बाेकेर छापा मार्न निस्किएपछि..

बङ्गलादेशका राज्यमन्त्री इशराक हुसेन पेस्तोल बोकेर लागूऔषध कारोबारीविरुद्धको कारबाहीमा निस्किएपछि उहाँको चर्काे आलोचना भइरहेको छ ।

राजधानी ढाकामा रहेको गेन्दारिया क्षेत्रमा आफ्ना समर्थकहरूसहित पेस्तोल बोकेर बस्तीमा छापा मार्दै हिँडेको भिडियो सार्वजनिक भएपछि उहाँ विवादमा तानिनुभएको हो ।

मन्त्री हुसेनले छापा मारेको भिडियो आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्नुभएको छ । भिडियोमा उहाँले ६ जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको दाबी पनि गर्नुभएको छ ।

हिजोको यो घटनापछि सुरक्षा निकाय र सर्वसाधारणले मन्त्रीको विरोध गरेका छन् । छापा मार्ने र कारबाही गर्ने अधिकार केवल कानून कार्यान्वयन गर्ने निकायलाई मात्र रहेको भन्दै उहाँको आलोचना भइरहेको हो ।

मन्त्री हुसेनले भने यो अभियान आफ्नो निर्वाचन क्षेत्रबाट शुरू भएको र देशैभर विस्तार हुने बताउनुभएको छ ।

मन्त्री हुसेनले लागूऔषध नियन्त्रणमा सहयोग गर्ने नागरिकलाई सम्मान गरिने घोषणा गर्नुभएकाे बङ्गलादेशका सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित् समाचार