गृहपृष्ठ Featured बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि

ढाका । बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९ जनामा लामखुट्टेबाट सर्ने डेङ्गुका नयाँ बिरामी देखिएका छन्।

यो एकै दिनमा सङ्क्रमित भई अस्पताल पुग्ने बिरामीको सङ्ख्या आइतबार यस वर्षको सबैभन्दा उच्च सङ्ख्या हो।

बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार स्थानीय समय आइतबार बिहान ८ बजेसम्मको २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्याङ्कअनुसार यस वर्ष डेङ्गुका कुल बिरामी एक लाख २३ हजार ९४८ पुगेका छन् भने यसका कारण मृत्यु हुनेको सङ्ख्या ३८४ पुगेको छ। यस वर्ष अक्टोबरमा मात्र १३९, सेप्टेम्बरमा १४८, अगस्टमा ४३, जुलाईमा ३६ र जुनमा १३ जनाको मृत्यु भएको छ।

बङ्गलादेशमा सामान्यतया मनसुन मौसमको रोग मानिने डेङ्गु ज्वरो अहिले जुन–सेप्टेम्बर अवधिभन्दा बढी समय पनि फैलिरहेको छ।

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले हालै सम्बन्धित अधिकारीहरूलाई डेङ्गु रोकथामका लागि जनचेतना अभियान सञ्चालन गर्न र नियन्त्रण प्रयासमा सरकारलाई सहयोग गर्न निर्देशन दिएका छन्

सम्बन्धित् समाचार