काठमाण्डाै – डोल्पा जिल्ला कारागारबाट भागेका ८ जना कैदीमध्ये २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा रुकुम पश्चिमकाे आठबीसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् ।
उनीहरू आज बिहान आठबीसकोट–६ दामाचौर खोली बगरबाट पक्राउ परेका हुन् । दुवै जना जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन् ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी चौकी गोतामकोटमा राखिएको छ ।
गएको कात्तिक १४ गते बिहान सुरुङ खनेर डाेल्पा कारागारबाट ८ जना कैदी भागेका थिए । फरार रहेका ६ जनाकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।







