गृहपृष्ठ Featured रुसको सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु

रुसको सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु

रुसको दक्षिणपश्चिमी साइबेरियामा मंगलबार रुसी सेनाको यातायात विमान ‘एएन-१२’ दुर्घटना भएको छ। दुर्घटनामा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ।

रुस सञ्चारमाध्यमी ‘इजवेस्टिया’का अनुसार विमान उडिरहेका बेला सिधै जमिनमा खस्यो र आगो लाग्यो। यद्यपि दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन।

 

सीसीटीभी फुटेजमा विमान दुर्घटनास्थल।सीसीटीभी फुटेजमा विमान दुर्घटनास्थल।

 

सरकारी समाचार संस्था ‘आरआईए’ले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै प्रारम्भिक अध्ययनमा दुर्घटनाको कारण प्राविधिक गडबडी भएको उल्लेख गरेको छ।

 

सीएनएन, बीबीसी, रोयटर्सलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उक्त विमान दुर्घटनाको खबर लेखेका छन्।

त्यो विमान सैन्य कर्मचारी, हतियार, गोला बारुद र अन्य आवश्यक आपूर्ति ओसारपसारमा प्रयोग गरिन्थ्यो।

सम्बन्धित् समाचार