काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलोभन्दा धेरै सुनसहित दुई जना चिनियाँ महिला पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ रहेका छन् ।
हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत गएराति काठमाण्डौ आइपुगेका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले समातेको हो । प्रहरीका अनुसार उनीहरुको साथबाट दुई किलो ३४८ ग्राम तौल बराबरको सुन बरामद भएको छ ।
बरामद भएको सुन र पक्राउ परेका महिलाको विषयमा थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ






