गृहपृष्ठ Featured मुग्लिन–नारायणगढ सडक भोलिदेखि दैनिक ५ घण्टा बन्द हुने

मुग्लिन–नारायणगढ सडक भोलिदेखि दैनिक ५ घण्टा बन्द हुने

काठमाण्डौ – मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा गाडी आवागमन बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार भोलिदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि यस क्षेत्रमा दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म गाडी चलाउन पाइने छैन ।

विगतमा केही समय काम भएर स्थगित भएको नारायणगढ–मुग्लिङ सडक आयोजनाको तुइनखोला खण्डमा पहिरो रोकथामको काम अघि बढाउन लागिएको प्रशासनले जनाएको छ ।

कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यस अवधिमा सबै प्रकारका गाडीको आवागमन रोक्ने निर्णय गरिएको सूचनामा उल्लेख छ । यस अवधिमा काठमाण्डौ–मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा ओहोरदोहोर गर्ने गाडी आवागमन भने नरोकिने प्रशासनले जनाएको छ ।

प्रशासनले यात्रु तथा गाडी चालकलाई समयतालिकाअनुसार यात्रा गर्न आग्रह गरेको छ ।

सम्बन्धित् समाचार