मार्वल टायल श्रमिक संघ कपिलवस्तुको चार नम्बरमा उद्घाटन गरिएको छ । मार्वल तथा टायलमा ईजाजत प्राप्त व्यवसायीहरुको हक हित र अधिकारको संरक्षण तथा व्यवसायीहरुको प्रवद्र्धन गर्ने उद्देश्यले उद्घाटन गरिएको संघले जनाएको छ ।

मार्वल टायल श्रमिक संघ रुपन्देहीका अध्यक्ष राम मिलन राजभरको प्रमुख आतिथ्यतामा संघको उद्घाटन गरिएको हो । उद्घाटन गर्दै उनले मार्वल तथा टायल व्यवसायीहरु मात्रै नभएर सम्पुर्ण व्यवसायीहरुको हक हितको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताए ।
उहाँले उदघाटन भएको संघको सफलताको शुभकामना व्यक्त गरे । उद्घाटन कार्यक्रममा मार्वल टायल श्रमिक संघ रुपन्देहीका उपाध्यक्ष लोक बहादुर सारु, सचिव हेम थापा, सह कोषाध्यक्ष देश दिपक उपाध्याय, सदस्य रमेश गुप्ता, घनश्याम कोहार, नेपाल निर्माण संघ कपिलवस्तुका सचिव राम औतार चौधरी, कोषाध्यक्ष तुल्सीराम चौधरी, ग्रिष्म सप्लायर्सका गिरिराज कंडेल, ईलेक्ट्रिक समिति संघका अध्यक्ष हरि मल्ल लगायतले मन्तब्य राखेका थिए ।
संघका अध्यक्ष जितेन्द्र चैहानको अध्यक्षता, मार्वल टायल श्रमिक संघ रुपन्देहीका अध्यक्ष राम मिलन राजभरको प्रमुख आतिथ्यता, नेपाल निर्माण संघ कपिलवस्तुका अध्यक्ष बाबुराम चौधरी र मार्वल टायल संघ रुपन्दहीका पुर्व अध्यक्ष राम बेलाश चौहानको विशिष्ट आतिथ्यता, व्यवसायीहरुको उपस्थिती रहेको कार्यक्रम कोषाध्यक्ष रामु लोधको स्वागत मन्तब्य तथा सचिव पुरन थारुको सञ्चालनमा सम्पन्न भएको हो ।








