गृहपृष्ठ खबर सुनवलको रमवापुरमा अपांगता परिचय पत्र बितरण

सुनवलको रमवापुरमा अपांगता परिचय पत्र बितरण

माघ १२

पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा अपांगता भएका ब्यक्तिहरुलाइ बितरण हुदै आएको परिचय पत्र आज सुनवल नगरपालिकाको वडा नम्बर ४ रमवापुरमा एक कार्यक्रमको आयोजना गरी बितरण गरीएको छ ।

वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर गुरुगको अध्यक्षतामा आज वडा नम्बर ४ रमवापुरमा अपांगता भएका ब्यक्तिहरुलाइ परिचय पत्र बितरण गरीएको हो ।

सुनवल नगरपालिकाको आयोजनामा ४ वर्गमा बितरण गरीएको सो परिचय पत्र क वर्गमा ६ जना, ख बर्गमा २५ जना, ग बर्गमा ५ जना र घ बर्गमा ५ जना गरी ४१ जना अपांगता भएका ब्यक्तिहरुलाइ परिचय पत्र बितरण गरीएको सुनवल नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख केशरी गैरेले जानकारी दिनु भएको छ ।

कार्यक्रममा सुनवल नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ , सुनवल नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख केशरी गैरे, जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीका प्रमुख मोहम्मद नुरुल होदा , अपांग समन्वय समितीका सदस्यहरु राधा सापकोटा , फुलमाया चापागाइ , एवम वडा नम्बर ४ का जनप्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।
नगरबासिलाई सहज र सुलभ तरिकाले सेवा दिने उदेश्यले प्रत्येक वडामा परिचय पत्र बितरण शिबिर राखिएको नगरपालिकाले जनाएको छ ।
यस्तै गरी भोलि सुनवल नगरपालिका वडा नम्बर ८ अस्नैयामा अपांगता परिचय पत्र बितरण गरीने गैरेले जानकारी दिनु भयो ।

फिचर – प्रतिकात्मक तस्बिर

सम्बन्धित् समाचार