गृहपृष्ठ Featured रक्तदान कार्यक्रम सम्पन्न

रक्तदान कार्यक्रम सम्पन्न

पतन्जली योग समिति कपिलवस्तु, होराइजन बो. स्कुलको आयोजना साथै लभ नेपाल पिपरा कपिलवस्तुको सह आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रगत दान जिवन दान भन्ने भावनालाई आत्मसाथ गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । माघ १ गते राष्ट्रिय योग दिवस परेको र त्यस समयमा मौसम अत्याधिक चिसो भएको कारणले अहिले रक्तदान कार्यक्रमको आयोजना गरिएको पतन्जली योग समिति कपिलवस्तुका अध्यक्ष कृष्ण मुरारीले बताए ।

 

बुधबार सम्पन्न भएको रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । वाणगंगाको होराइजन बो. स्कुलको सभाहलमा रक्तदान कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ । गरौ योग रहौ निरोग भन्ने मुल संन्देशका साथ पतन्जली योग समिति कपिलवस्तुले यस्ता थुप्रै सामाजिक कार्यहरुमा पनि अग्रसरता देखाउदै आएको छ

सम्बन्धित् समाचार