गृहपृष्ठ खबर राहतमा कुहिएको चामल बाँडेपछि मेयर पक्राउ

राहतमा कुहिएको चामल बाँडेपछि मेयर पक्राउ

लकडाउनका कारण समस्यामा परेका विपन्नलाई राहतमा गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनलाई कलैयाबाट नियन्त्रणमा लिएको हो ।

मेयर रायले राहतका नाममा गुणस्तरहीन चामल, दाललगायतका उपभोग्य वस्तु वितरण गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाराका एसपी कृष्ण पंगेनीले अनलाइनखबरलाई जानकारी दिए ।

मेयर रायलाई अहिले जिल्ला प्रहरी कार्यालय, कलैयामा राखिएको छ ।

एसपी पंगेनीका अनुसार, उनीमाथि लागेको अभियोगबारे सोधपुछ गर्न नियन्त्रणमा लिइएको हो ।

‘मेयरमाथि लागेको अभियोगबारे सोधपुछ गर्न नियन्त्रणमा लिएका छौं । अभियोगबारे अनुसन्धान सकेर यसबारे थप निर्णय लिन्छौं,’ मेयर रायले अनलाइनखबरसँग भने ।

सम्बन्धित् समाचार