गृहपृष्ठ खबर गुणस्तरीयतादेखि नतिजासम्म हिलबर्ट कपिलवस्तुकै उत्कृष्ट बिद्यालय बन्न सफल

गुणस्तरीयतादेखि नतिजासम्म हिलबर्ट कपिलवस्तुकै उत्कृष्ट बिद्यालय बन्न सफल

कपिलवस्तुका विद्यालयहरु मध्ये पहिलो श्रेणीमा रहेको कपिलवस्तु पिपरामा अवस्थित हिलवर्ट इंग्लिस बोर्डिङ स्कूलले एसईईमा सर्वोत्कृष्ट नतीजा ल्याएको छ । एसईई परिक्षामा ३७ विद्यार्थी सामेल थिए । जसमध्ये १९ जना ए प्लस र बाँकी १८ जना ए ग्रेड ल्याएर उत्र्रिण भएका छन । जुन नतीजा विशिष्ट श्रेणीको रहेको छ । कतिपय विद्यालयका विद्यार्थीले सबैभन्दा बढी जिपिए ल्याए पनि समग्र विद्यार्थीको नतीजा एकनासको देखिदैन । तर, हिलवर्टको नतीजामा ए प्लस र ए ग्रेड बाहेक अरु ग्रेडमा उत्र्रिण हुने विद्यार्थी संख्या छैन । यसले एसईई परिक्षाफलमा जिल्ला प्रथम भएको विद्यालय स्रोतको दाबी छ । विद्यार्थीको नतीजाले ए ग्रेडमा सतप्रतिशत विद्यार्थी उत्र्रिण गराउन सफल भएको देखाउने विद्यालयका प्रिन्सिपल सुरेन्द्र पाण्डेले मायादेवी अनलाइनलाई बताउनुभयो । हामी जिल्लामा सतप्रशित ए ग्रेडमा विद्यार्थी उत्र्रिण गराउँन सफल भएका छौ प्रिन्सिपल पाण्डेले भन्नुभयो, ‘हामी जिल्लाका उत्कृष्ट हौँ ।’
२०७४ सालमा तत्कालिन जिल्ला शिक्षा कार्यालयले हिलवर्टलाई पहिलो श्रेणीको विद्यालय घोषणा गरेको थियो । पहिलो श्रेणीको रुपमा विद्यालय घोषणा भएको एक बर्ष नवित्दै एसईई परिक्षामा सर्वोत्कृष्ट नतीजा निकाल्न सफल हुनु हाम्रो लागि खुसीको कुरा हो प्रिन्सिपल पाण्डेले भन्नुभयो । स्कूलको शैक्षिण गुणस्तर सुधारका साथै नयाँ व्यवस्थापनमा गए संगै स्कूलले नतीजामा पनि सुधार गर्दै गएको स्कूलका प्रबन्ध निर्देशक बुद्धिराम पौडेलले बताउनुभयो । शान्त, रमणिय र आधुनिक सिष्टममा अध्यापन हुँदै आएको हिलवर्टलाई यहाँ सम्म ल्याई पु¥याउन सहयोग गर्ने विद्यार्थी, शिक्षक, अभिभावक, शेयर सदस्य सबैलाई पौडेलले धन्यवाद व्यक्त गर्नुभयो ।यति मात्र होइन हिलवर्ट स्कूल उति बेलाको एसएसली परिक्षामा पनि पटक पटक जिल्ला प्रथम हुँदै आएको थियो । २०६९ साल देखि स्कूल एसएलसी परिक्षा दिने गरि मान्यता पाएको थियो । सोही शुरुवाती बर्ष नै हिलवर्टले सत प्रतिशत नतीजा निकालेर चर्चा बटुल्न सफल भएको थियो । यस्तै २०७१ सालको एसएलसीमा संस्थापन विद्यालय तर्फ हिलवर्ट जिल्ला प्रथम भएर चर्चा बटुलेको थियो ।
पढाई बाहेक अन्य अतिरिक्त क्रियाकलापमा पनि विद्यालय उत्कृष्ट हुँदै आएको छ । जिल्ला स्तरमा हुने विभिन्न प्रतियोगीतामा स्कूलले सहभागीता जनाउने गरेको छ । गायन, नृत्य, क्वीज, बतृत्वकला प्रतियोगीतामा पनि हिलवर्टले पटक पटक प्रथम, दृतीय र तृतीयको उपाधि रचेको छ ।
साथै यो विद्यालयले जिल्ला बाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अतिरिक्त क्रियाकलापहरुमा सहभागी भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल भएकोछ ।

सम्बन्धित् समाचार