गृहपृष्ठ खबर कपिलवस्तु लुकीछिपी प्रवेश गरेका १ सय ८५ जनालाई क्वारेनटिनमा पठाईयो

कपिलवस्तु लुकीछिपी प्रवेश गरेका १ सय ८५ जनालाई क्वारेनटिनमा पठाईयो

कपिलवस्तुमा भारत तथा तेश्रो मुलकबाट फर्केर लुकीछिपी बसेका १ सय ८५ जनालाई क्वारेन्टाईनमा पठाईएको छ । गत चैत  ११ गते देखि लकडाउन सुरु भएयता स्थानीयको सहयोगमा प्रहरीले  उनीहरूलाई क्वारेनटाईन पठाईएको प्रहरी  उपरिक्षक दीप शमशेर जबराले बताए ।

त्यसरी लुकछिपी आएका अधिकांस भारतबाट आएका हुन । गत बैशाख २३ गते राति भारतको मुम्वईबाट चाकरचौडा नाकाहुदै लुकीछिपी आएका ७ जना मध्ये २ जनामा कोरोना संक्रमण खिएको थियो  । मायादेबी गाउपालिका– २ का ५ जना भेटिए पनि अझै २ जना पत्ता लागेका छैन । अहिले सम्म कपिलवस्तुमा १ हजा १०८ जनाको र्यापिड टेस्ट भएको छ र सबैको नतिजा नेगेटिभ देखिएको स्वास्थय कार्यालयाका प्रमुख योगेन्द्र भगतले बताए ।

यस्तै १ सय ६३ जनाको पिसिआर बिधिबाट स्वाब संकलन गरिएको छ । ५३ जनाको रिपोर्ट  अझै आउन बाकी छ । प्रदेश सरकारमा र्यापिड टेस्टको  ३ हजार ६ सय किट माग गरिएकोमा १ हजार १८० मात्र उपलबध गराएको भगतले बताए ।

सम्बन्धित् समाचार