कपिलवस्तुको यशोधरा गाउँपालिकाको वडा नंं. ८ को दुई वटा क्वारेन्टइनवाट भागेका सबै व्यक्तिलाई तीन दिनपछि मात्र क्वारेन्टाइनमै फिर्ता ल्याइएको छ । गाउँपालिकाको वडा नंं. ८ खोरियास्थित सरस्वती प्रा.वि.को क्वारेन्टाइनमा रहेका ३० जना र शनिबार सोही वडाको राष्ट्रिय निमावि सिंहोखोरका १६ जना क्वारेन्टाइन छाडेर भागेका थिए । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपशमशेर जबराले ३० जना भागेका र उनीहरु सबैलाई घरघरबाट खोजेर पुनः क्वारेनटाइनमै ल्याएर राखिएको बताए ।
भारतबाट गाउँ आएका सबैलाई कवारेन्टाइनमा नराखिएकाले आफूहरु पनि नबस्ने भन्दै क्वारेन्टाइनमा बसेकाहरु भागेर घर गएका थिए । वडा अध्यक्ष निकटका दुईजना व्यक्ति भारतबाट आएपछि क्वारेन्टाइनमा नबसेको उदाहरण दिंदै अरुले आफूहरु पनि नबस्ने भन्दै भागेका पाइएको प्रहरी प्रमुख जबराले बताए ।
मुस्लिम समुदायको मुख्य पर्व रामजान र रोजा ब्रत समेत यही समयमा परेकाले सो समुदायका व्यक्ति क्वारेन्टाइन बस्न अनिच्छुक भएको उनले बताए । १२ जना कोरोना संक्रमित देखा परेका यशोधरामा ११ सय ५४ जना क्वारेन्टाइनमा छन् ।








