गृहपृष्ठ अन्तरास्ट्रिय खबर विश्वमा ५३ लाखभन्दा धेरैलाई सङ्क्रमण

विश्वमा ५३ लाखभन्दा धेरैलाई सङ्क्रमण

विश्वमा ५३ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
अहिलेसम्म ५३ लाख ३ हजार ३ सय ९३ जनालाई सङ्क्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ । सङ्क्रमतिमध्ये अहिलेसम्म साढे २१ लाखभन्दा धेरै उपचार पछि निको भएका छन् भने ३ लाख ३९  हजार ९ सय ९२ जनाको ज्यान गएको छ ।
अमेरिकामा सबैभन्दा धेरै १६ लाख ४५ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने त्यहाँ ९७ हजारभन्दा धेरैको ज्यान गएको छ ।
यस्तै ब्राजिलमा कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ ।ब्राजिल धेरै सङ्क्रमित हुने देशको दोस्रो स्थानमा पुगेको छ । ब्राजिलमा अहिलेसम्म ३ लाख ३२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने २१ हजारभन्दा धेरैको ज्यान गएको छ ।

सम्बन्धित् समाचार