कपिलबस्तुको बुद्धभुमि नगरपालिका– ९ प्रगति टोलमा शुक्रवार बिहान आफ्नै नातिनीको लाठी प्रहारबाट हजुरवाको मृत्यु भएको छ । घरायसी बिवादमा भनाभन भए पछि अस्मिता सुनारले हजुरवा थामेलाई लाठीले टाउकोमा हिर्काएकी थिईन । बिहीवार राति घटनामा गंभीर घाईते भएका थामेको उपचारकालागि बुटवल तर्फ लगिएकोमा बाटो मै मृत्यु भएको प्रहरी नायब उपरिक्षक रबि रावलले बताए । परिवारले शवलाई घरमा ल्याएको थियो । घटनाको अनुसंधान भईरहेको प्रहरी उपरिक्षक रावलले बताए ।
कपिलवस्तुमा नातिनीको लाठी प्रहारबाट हजुरावाको मृत्यु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैहुथीको दाबी : साउदीको लडाकु विमान खसाल्यौँ
१५ घण्टा अघि
बाढीपीडितका लागि जसपा नेपालले सरकारलाई दियो २१ लाख
२२ घण्टा अघि









