गृहपृष्ठ खबर प्रधानमन्त्रीलाई धपेडी भएपछि नेकपा सचिवालय बैठक स्थगित

प्रधानमन्त्रीलाई धपेडी भएपछि नेकपा सचिवालय बैठक स्थगित

आइतबार अपरान्हका लागि बोलाइएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक स्थगित भएको  जानकारी दिए।

‘प्रधानमन्त्रीज्यूलाई धेरै धपेडी भएकाले आजको बैठक स्थगित भएको छ,’ थापाले भने।अपरान्ह ४ बजेका लागि डाकिएको सचिवालय बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट पारित गर्ने/नगर्ने विषयमा छलफल हुने बताइएको थियो।

सम्बन्धित् समाचार