गृहपृष्ठ खबर बैठकअघि शितल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, नेताहरू सशंकित

बैठकअघि शितल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, नेताहरू सशंकित

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानममन्त्री ओली बिहान ११ बजेतिर शितल निवास पुगेका थिए। शितल निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच अहिले भेटवार्ता जारी छ।

स्थायी कमिटी बैठक बस्न अगाडि प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन्। प्रधानमन्त्री ओलीले आजै १२ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन्। नेकपाको स्थायी कमिटी बैठक पनि आज बस्दै छ।

स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको सदस्यहरूले चर्को आलोचना गरेका छन् भने उनको राजीनामा पनि मागेका छन्।

सम्बन्धित् समाचार