शुक्रबार नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीको अवसर पारेर कांग्रेसकै भ्रातृ संगठन नेपाल विद्यार्थी संघले रक्तदान कार्यक्रम आयोजना गर्यो। उक्त कार्यक्रममा प्रमुख अतिथि थिए। कांग्रेस सभापति शेरबहादुर देउवा कार्यक्रममा बोल्न मञ्चमा जानेबित्तिकै एकदमै आक्रोशित रुपमा प्रस्तुत भए। देउवाले कोरोना महामारीको बेलामा यस्तो कार्यक्रम किन गरेको भन्नेदेखि नेविसंघ कहाँ छ भन्नेसम्म प्रश्नहरु नेविसंघका नेताहरुलाई तेर्स्याए।
देउवाले के भनेर झपारेरु ‘सोसल डिस्टेन्सिङ भनेको छ तर टाँसिएर बसेको छ । लाज पनि छैन। कहाँ छ डिस्ट्यान्सिङरु कार्यक्रम सानो गरे हुन्छ। कि ठूलो ठाउँमा गरे हुन्छ,’ उनले भने, ‘सबैले कार्यक्रम गर्न छाडेका छन्, नेविसंघले गर्नुपर्ने, बढ्ता जान्ने भइ हाल्नुपर्नेरु’ उनले नेविसंघको झगडा विद्यार्थीहरु नमिलेकोले भइरहेको पनि बताए। त्यति मात्रै हैन देउवाले नेविसंघले अहिले कहीँ कतै चुनाव जित्ने अवस्था नरहेको भन्दै हकारे। ‘विद्यार्थीहरु मिले समस्याको समाधान हुँदैनरु आफू आफूबीच झगडा गरेको गर्यै छ,’ उनले भने, ‘म चारपल्ट प्रधानमन्त्री भइसकेँ, यस्तै हिसाबले तपाईंहरु प्रधानमन्त्री बन्न सक्नुहुन्छरु क्याम्पसमा हामीले जहाँ पनि जितेका थियौं। अहिले हारेको हार्यै छ लाज पनि छैन।’ उनले गाउँगाउँ गएर संगठन बनाउन पनि नेविसंघलाई निर्देशन दिए।
‘कहाँ छ नेविसंघरु नेविसंघ कहीँ छैन। स्कुलमा नेविसंघ नहुँदासम्म पार्टी बलियो हुँदैन,’ उनले थपे, ‘स्कुलमा नेविसंघ बनाऔं, गाउँमा बनाऊँ, कहाँबाट जित्नेरु गाउँमा जाऊ अनि बल्ल मकहाँ आऊ’ यसरी किन जँगिएरु देउवा प्रायजसो सार्वजनिक कार्यक्रममा मुस्किलले पाँच मिनेटभन्दा धेरै बेर बोल्दैनन्। शुक्रबारको कार्यक्रममा पनि त्यस्तै भयो।
आजको कार्यक्रममा देउवा सुरुदेखि नै झोक्किनुको पनि कारण रहेछ। नेविसंघको तदर्थ समितिका अध्यक्ष राजीव ढुंगाना लगायतलाई सभापति देउवाले समितिलाई पूर्णता दिनको लागि तयारी गर्न निर्देशन दिएको पनि लामै समय भइसकेछ। अहिले तदर्थ समितिको कार्यकाल सकिन एक महिना मात्रै रहेको बेला समितिलाई पूर्णता दिने कुरा देउवा कहाँ पुगेपछि उनी झोक्किएका हुन्।








