गृहपृष्ठ खबर प्रधानमन्त्री ओलीको सन्देश बोकेर नेम्वाङ पुगे देउवा निवास

प्रधानमन्त्री ओलीको सन्देश बोकेर नेम्वाङ पुगे देउवा निवास

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डसँग वार्ता गरिरहेका बेला नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्रीको सन्देश बोकेर नेम्वाङले आइतवार बिहान देउवालाई भेटेका हुन् ।

देउवासँग प्रधानमन्त्रीले दुई दिनअघि छलफल गरेका थिए । नेम्वाङले भने संवैधानिक परिषद बैठक र एमसीसी लगायतका विषयमा विपक्षीय दलको नेतासँग सत्तापक्षको उपनेताले भेट गरेको प्रतिक्रिया दिए ।

संवैधानिक परिषदको बैठक बस्न नसकेका कारण अख्तियार,निर्वाचन आयोगलगायत अन्य संवैधानिक आयोगहरुमा नियुक्ति हुन सकेको छैन । यसैबारेमा देउवासँग कुरा भएको उनले बताए ।

सम्बन्धित् समाचार