गृहपृष्ठ खबर वाणगंगा नगरपालिकामा गरिब परिचयपत्र वितरण हुने ।।

वाणगंगा नगरपालिकामा गरिब परिचयपत्र वितरण हुने ।।

वाणगंगा नगरपालिकाद्धारा नगरभित्र रहेका गरिब तथा अति गरिवीको सुचिमा सुचिकृत घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरिने भएको छ । वाणगंगा नगरपालिका वडा नम्बर १ बाट सोमवार देखि सुरु हुने सो अभियानमा नगरपालिकाले सम्पूर्ण गृहकार्य पुरा भएको जनाएको छ ।
सोमवार वाणगंगा नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा विहान १० बजे देखि वडा भित्रका नगरिकहरुलार्इं परिचयपत्र वितरण कार्यक्रमको आयोजना गरिएको छ । परिचय पत्र वितरणको सम्पूण तयारी पुरा भएको वडा अध्यक्ष वालकुमारी अधिकारी पन्तले बताईन् । वडा नम्बर १ भित्र २५ देखि ३० जना सम्म मध्यम र अति गरिबको सुचिमा सुचिकृत घरपरिवारको संख्या भएको जानकारि दिईन् ।
यसै विच साउन १५ गते मंगलवार वाणगंगा नगरपालिकाको वडा नम्बर २ मा परिचय पत्र वितरण हुदै छ । परिचय पत्र वितरणका लागि आज वडा नम्बर २ वडा कार्यसमितिको बैठक सम्पन्न भएको वडा अध्यक्ष विष्णु पौडेलले बताएका छन् । वडा भित्र भएका नागरिकहरु मध्ये गरिबिको रेखा भित्र सुचिकृत परिवारको यकिन का लागि वडा कार्यँसमितिले तयारी थालेको हो । परिचय पत्र वितरण कार्य यहि साउन २८ गते वडा नम्बर ११ बाट सम्पन्न हुने जनाइएको छ ।

 

सम्बन्धित् समाचार