गृहपृष्ठ खबर रुपन्देहीको सैनामैना पर्रोहा परमेश्वर मा.वि. नमुना विद्यालयको रूपमा छनोट

रुपन्देहीको सैनामैना पर्रोहा परमेश्वर मा.वि. नमुना विद्यालयको रूपमा छनोट

रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय नमुना विद्यालयको रुपमा छनोट भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा मानव विकास केन्द्र अन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले सैनामैनाको वडा नं १ स्थित सैनामैना पर्रोहा परमेश्वर माविलाई नमुना विद्यालयको रूपमा छनोट गरेको हो ।

केन्द्रबाट आर्थिक बर्ष २०७६÷०७७ मा नमुना विद्यालयका लागि आवेदन भरेको यस विद्यालयले आवश्यक मापदण्ड पुरा गरेका कारण नमुना विद्यालयका रुपमा छनोट हुन सफल भएको विद्यालयका प्राचार्य नेत्र पुरीले बताउनुभयो ।

उहाँले नमुना विद्यालयका लागि विद्यालयको विद्यार्थी संख्या,एसइइको नतिजा, विद्यालयको जग्गा, विद्युत तथा इन्टनेट र राजमार्गको पहुँच लगायतका शिर्षकमा ९ १ सय पूर्णांङ्क ० मुल्यांकनको आधारमा नमुना विद्यालय छनोट भएको बताउनुभयो । नमुना विद्यालयका लागि विद्यालयले विगत ३ बर्षदेखी मिहेनत गरेको प्राचार्य पुरीको भनाइ छ ।

सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले नमुना विद्यालय अन्तर्गत सैनामैना पर्रोहा परमेश्वर मावि छनोट भएकोमा शिक्षा क्षेत्रमा सैनामैनाको गरिमा बढेको बताउनुभएको छ ।

उहाँले भन्नभयो – हामी अत्यन्त हर्षित छौँ । बधाई तथा शुभकामना । आगामी दिनमा अन्य सामुदायिक विद्यालयहरुलाई पनि यसले प्रेरणा मिल्ने विश्वास लिएको छु । शिक्षा क्षेत्रमा नगरले निरन्तर उपलब्धि हासिल गरेको बताउँदै गुणस्तरीय शिक्षाका लागिे अझै प्रभावकारी बनाउन लागि परेको नगर प्रमुख कार्कीको भनाइ छ ।

आर्थिक बर्ष २०७६÷०७७ मा विगतमा नमुना विकासका लागि विद्यालयहरु छनोट नभएका स्थानीय तह अन्तर्गत १ सय ओटा विद्यालयहरु नमुना विकासका लागि छनोट गर्न आहवान गरिएको थियो । जस अनुसार सैनामैना माविले पनि आवदेन भरेको थियो ।
विद्यालय क्षेत्र विकास योजना ९ एसएसडिपी ० अन्तर्गत वि।स २०८० सम्म १ हजार सामुदायिक माध्यमिक विद्यालयलाई नमुना घोषण गर्ने सरकारको योजना अन्तर्गत नमुना विद्यालय छनोट हुँदै आएको छ । जसमा एक स्थानीय तह एक नमुना विद्यालय हुनुपर्नेछ ।

हाल विद्यालयमा १२ सय ११ विद्यार्थी छन् । कक्षा ९ सम्म नेपाली र अंग्रेजी दुबै माध्यमबाट पढाइ हुन्छ । विद्यालयमा एउटा बस समेत छ । सैनामैना माध्यमिक विद्यालय र पर्रोहा परमेश्वर आधारभुत विद्यालय २०७६ मंसिर ५ गते मर्ज भएको थियो । रुपन्देहीमा सैनामैना पर्रोहा परमेश्वर मावि सँगै देवदह नगरपालिकाको केरवानी मावि पनि नमुना विद्यालयको रुपमा छनोट भएको छ ।

सम्बन्धित् समाचार