गृहपृष्ठ खबर तौलिहवा बजार क्षेत्र कोरोनाको केन्द्र बन्दै, अवस्था भयावह हुन सक्ने खतरा

तौलिहवा बजार क्षेत्र कोरोनाको केन्द्र बन्दै, अवस्था भयावह हुन सक्ने खतरा

समुदायस्तर मै तीब्ररुपमा कोरोना संक्रमण फैलिए पछि तौलिहवा बजार कोरोनाको केन्द्र बनेको छ । ब्यापारी, शिक्षक, स्वास्थ्यकर्मी बैकका कर्मचारी, सुरक्षाकर्मी, बिद्यतुका कर्मचारी लगायतका बिभिन्न पेशमा लागेका ब्यक्तिहरु संक्रमित भएपछि तौलिहाव बजार कोरोनाको हट स्पट बनेका हो । तौलिहवामा रहेको कपिलस्तु अस्तालका छ जना स्वास्थ्यकर्मी र एक सुरक्षाकर्मीलाइृ समेत कोरोना लागेपछि अस्पतालमा अत्यावश्यक सेवा बाहेक अरु सेवा बन्द गरिएको छ ।

यस्तै सदरमुकाम तौलिहावका ६ बैकिङ संस्थाका १३ कर्मचारीहरु समेत संत्रक्रमित भए पछि बैकहरु समेत बन्द छन । सदरमुकाममा कोराना फैील्ए पछि प्रशासनले साउन ३२ गते सम्मकालागि लकडाउन समेत गरेको छ । तौलिहवा उद्योग बाणिज्य संघका अध्यष गायदीन कुर्मी दिपुले तौलिहवा बजार कोरोनाको हट स्पट बनेकोले सजह रहन आग्रह गरेका छन । उनले परिक्षणको दायरा बढाउनु पर्ने, लकडाउनलाईृ कडा गर्नु पर्ने माग गरे । समयमै ध्यान नदिने हो भने तौलिहवा बजारका साथै जिल्ला भरी नै यसको संक्रमण तिव्र गतिमा फैलन सक्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन ।

यस अघि पनि तौलिहवा बजारकै पान पसले, किराना पसले, जुत्ता चप्पल पसले, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, बिद्यूत कर्मचारी वैंक कर्मचारी, सुरक्षाकर्मी, जन प्रतिनिधी लगायत ११ जनामा कोरोना देखिएको छ । फोकल पर्सन थापा अनुसार तौलिहवा बजारबाट लिईएको २ सय २६ नमुनाबाट कुल २२ जना संक्रमित भएका छन ।

कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था विग्रदै गए पछि तौलिहवाका ३ जना गम्भीर अवस्थामा उपचार गराई रहेका छन् । जस मध्ये १ जनाको काठमाण्डौं स्थित ग्राण्डी अस्पतालमा र बांकी २ जनाको बुटवलमा उपचार भई रहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कपिलवस्तुमा ८ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भई सकेको छ ।

सम्बन्धित् समाचार