गृहपृष्ठ खबर हिजोको तुलनामा आज कम कोरोना संक्रमित भेटिए,४ सय ८४आज थप

हिजोको तुलनामा आज कम कोरोना संक्रमित भेटिए,४ सय ८४आज थप

काठमाडौं, २८ साउन : नेपालमा आज थप ४ सय ८४ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

यो संख्या हिजोको तुलानामा कम हो । हिजो नेपालमा ६ सय ३८ जनामा कोरोना देखिएको थियो ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिले देशभर ७ हजार ६ सय १३ जना संक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएका छन् । हाल देशभर क्वारेन्टाइनमा १४ हजार ४ सय ८१ जना रहेका छन् । आज १० हजार ४८१ जनाको पीसीआर गरिएको छ ।

कुल डिस्चार्ज हुनेको संख्या भने १६ हजार ७ सय २८ पुगेको छ ।

सम्बन्धित् समाचार