
काठमाडौं : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाका कारण अहिलेसम्म संसारभरी दुई करोड ५७ लाख ८१ हजार ३४३ जना संंक्रमित भएका छन् । तीमध्ये अहिलेसम्म आठ लाख ५७ हजार ७६७ जनाको कोरोनाकै कारणले मृत्यु भइसकेको छ ।
मृत्यु भएका र संक्रमित भएकाहरु मध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् भने दोस्रो धेरै ब्राजिलमा र तेस्रो धेरै भारतमा रहेका छन् । कोरोना भाइरसको उत्पत्ति भएको मानिने चीन भने अहिले संक्रमितहरुको संख्याका आधारमा ३८ औँ स्थानमा रहेको छ ।
पछिल्लो विवरणअनुसार अमेरिकामा ६ लाख ७६ हजार २ सय ८१ जना संक्रमित हुँदासम्म एक लाख ८४ हजार ६९७ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा ३९ लाख ५० हजार ९३१ जना संक्रमित रहेकामा एक लाख २२ हजार ५९६ जनाको मृत्यु भएको तथ्यांक छ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संंक्रमण अहिलेसम्म विश्वका २१५ ओटा देशमा पुगेको छ । सन् २०१९ को डिसेम्बरको अन्त्यतिर पहिलो पटक कोरोनाको संक्रमण चीनको वुहान सहरमा देखिएको थियो । डिसेम्बर र जनवरीसम्म चीनमा मात्रै रहेको कोरोना फेब्रुवरीदेखि फिलिपिन्स, जापान, इरान, इटली, दक्षिण कोरिया, फ्रान्स हँुदै विश्वभरी फैलिएको हो ।
द न्यूयोर्क टाइम्सकाअनुसार हाल विश्वमा १२५ वटा कोरोना भाइरसको खोपबारे अनुसन्धान भइरहेको छ जसमध्ये ३६ वटा मानवमा परीक्षण भइरहेका छन् । अघिल्लो साताको अन्त्यसम्म नौ खोपको तेश्रो चरण अन्तर्गत ठूलो संख्यामा मानिसमा परीक्षण भइरहेका जनाएको छ ।










