
काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ९०० ले बढेको छ।
महासङ्घले मङ्गलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० तोकेको छ। आइतबार र सोमबार सुनको मूल्य स्थिर रहेको थियो। सोमबार छापावाला सुनको मूल्य प्रतितोला रु ९३ हजार ३०० र तेजाबी सुनको मूल्य रु ९२ हजार ८०० पुगेको थियो।
यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदीको मूल्य प्रतितोला रु २५ ले वृद्धि भई एक हजार १७५ पुगेको छ। रासस








