
बुटवल : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले प्रदेश राजधानीको विषयमा असहमति जनाउँदै राजीनामा दिएका पार्टी निकट उद्योगी व्यवसायीलाई पार्टि काममा फर्किन आग्रह गरेको छ । प्रदेशको राजधानी बुटवलबाट भालुवाङ सार्ने प्रदेश सरकारको प्रस्तावसंगै पार्टिबाट राजिनामा दिएर आन्दोलनमा उत्रीएका रुपन्देहीका २ हजार २ सय ४९ जना रुपन्देहीका उद्योगी ब्यवसायीहरुले पार्टिको जिम्मेवारीबाट राजिनामा दिएका थिए ।
नेकपा उद्योग व्यवसाय विभाग रुपन्देहीले असन्तुष्ट उद्योगी व्यवसायीको भेला गरी पुर्ववत पार्टी काममा फर्किन निर्देशन दिएको पार्टीका उद्योग व्यवसाय विभाग रुपन्देही प्रमुख गोपाल रानाले जानकारी दिए । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीलगायतका पार्टी नेताहरु समेत सहभागी भेलामा उद्योगी व्यवसायीले १३ बुँदे माग सहितको ज्ञापनपत्र समेत बुझाएका थिए ।
असन्तुष्ट उद्योगी ब्यवसायीहरुको ज्ञापनपत्रमा उल्लेखित मागहरु प्रदेश सरकारका तर्फबाट पूरा गर्ने प्रतिवद्धता जनाएपछि राजीनामा दिएका उद्योगी व्यवसायीहरु पार्टी काममा फर्किन तयार भएको उद्योग व्यवसाय विभाग प्रमुख रानाले बताए ।
“प्रदेश राजधानी यहीं हुनुपर्छ भन्ने हामी सबैको माग थियो, उद्योगीहरुले पनि यसैमा असन्तुष्टी जनाएर राजीनामाको घोषणा गरेका थिए, तर अव उनीहरु पार्टीको जिम्मेवारीमा फर्किन तयार भएका छन”–रानाले भने ।
रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले राजधानी तय गर्न दवाव स्वरुप राजीनामा घोषणा गरिएकोमा पार्टिले पुर्नबिचारका लागि आग्रह गरेको बताउदै त्यसका लागि सबैको राय सुझावका आधारमा अगाडी बढीने बताए ।
पार्टिले हाम्रा असन्तुष्टिहरु सम्भव हुने सम्म संबोधन गर्ने प्रतिवद्धता जनाएको यसमा सबै संघ संस्थाहरु बसेर छलफल पछि मात्र टुंगो लगाईने छ । उनले भने ।
स्थायी राजधानी बुटवल कायम गर्न सम्भव नभएपछि उद्योगी व्यवसायीले बुटवललाई लुम्बिनी प्रदेशको आर्थिक र पर्यटकीय राजधानी बनाउने घोषणा प्रदेश सरकारले गरेको त्यसको ठोस र बिश्वसनीय अधार खाजेका छन् । “हामीले आर्थिक र पर्यटकीय राजधानीको ठोस आधार खोजेका छौं,”–बोहोराले भने ।
नेपाल औषधि व्यवसायी संघका पुर्व राष्ट्रिय अध्यक्ष बाबुराम भट्टराईले बुटवललाई स्थायी राजधानी घोषणा गर्न दवाव पुगोस् भनेर राजीनामा घोषणा गरिएको तर पार्टीले अन्य मागहरुमा सकारात्मक प्रतिक्रिया जनाएकाले पुर्ववत जिम्मेवारीमा फर्किन तयार भएको बताए । उद्योगी व्यवसायीलाई मनाउन आयोजना गरिएको भेलामा सहभागी भएका प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री मन्त्री वैजनाथ चौधरी तथा पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले रुपन्देहीलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने घोषणा प्रदेश सरकारले गरिसकेकाले यसका लागि विकास प्रवद्र्धन, लगानीको आकर्षण र यस क्षेत्रको प्रशासकीय सेवा उपलव्ध गराउनेगरी कानुन निर्माण गरिने प्रतिवद्धता जनाएका थिए ।
नेकपा रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईले तत्कालीन अवस्थामा असन्तुष्टी हुनु स्वाभाविक भएपनि अन्ततोगत्वा पार्टीको जिम्मेवारीमा फर्किन निर्देशन दिईएको बताए ।
“प्रदेश राजधानीको सन्दर्भमा हामी सबैको असन्तुष्टी थियो, तर निर्णय भइसकेपछि आ–आफ्नो जिम्मेवारीमा फर्किनु सबैको दायित्व हो, यसका लागि राजीनामा दिएका उद्योगी व्यवसायीले भेलामार्फत जिम्मेवारीमा फर्किन पर्छ भन्ने पार्टिको आग्रह हो उनले भने ।








