गृहपृष्ठ खबर काठमाडौं उपत्यकामा थपिए ६ सय ६ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ६ सय ६ कोरोना संक्रमित

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ४७ महिला र ३ सय ५९ जना पुरुष रहेका छन् ।

काठमाडौंमा ४ सय ४०, भक्तपुरमा ४१ र ललितपुरमा १ सय २५ जना नयाँ संक्रमित थपिएका हुन् । शुक्रबार देशभर १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार उपत्यकामा ५ सय ६१ जना संक्रमित थपिएका थिए ।

 

सम्बन्धित् समाचार