गृहपृष्ठ खबर सन्दीप लामिछाने टी-२० वरीयतामा एक स्थानमाथि उक्लिए

सन्दीप लामिछाने टी-२० वरीयतामा एक स्थानमाथि उक्लिए

काठमाडौं : नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि-२० बरियताअनुसार एक स्थानमाथि उक्लिएका छन्। आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुगेका छन् । उनले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पारेका छन् । जडेजा ८१ औँ स्थानमा छन् । यसअघिको बरियतामा लामिछाने ८१औँ स्थानमा थिए ।

चर्चित बलरहरु बेन स्टोक र कार्लोस ब्रेथवेट पनि नयाँ बरियतामा लामिछानेभन्दा पछाडि छन्। नयाँ बरियातामा ब्रेथवेट ८२ औँ स्थानमा तथा स्टोक ८५औँ स्थानमा रहेका छन्।

बरियताको शीर्षस्थानमा अफगानिस्तानका रासिद खान यथावत छन्। यस्तै दोस्रो नम्बरमा अफगानिस्तानका मुजिव उर रहमान छन्। तेस्रो स्थानमा इंल्याण्डका आदिल रासिद तथा चौथो स्थानमा अष्ट्रेलियाका जाम्पा छन्।

लामिछानेले क्यारेवियन प्रिमियर लिग ९सिपीएल० पछि कुनै पनि प्रतियोगिता खेलेका छैनन्। इन्डियन प्रिमियर लिग ९आइपीएल० मा कुनै पनि खेल खेल्न नपाएका कारण लामिछानेको बरियतामा उल्लेख्य सुधार हुन नपाएको बताइएको छ।

सम्बन्धित् समाचार