
कपिलवस्तु : कपिलवस्तुमा पनि ७२ औं अन्र्तराष्ट्रीय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ । कोरोना महामारीमा मानव अधिकारको अवस्था र कार्यन्वयनको चुनौति बिषयमा अन्र्तक्रिया कार्यक्रम बाणगंगाको पिस हिमालय रिर्सोटमा सम्पन्न भएको हो । “माहमारिमा मानव अधिकार स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार” भन्ने उदेश्यका साथ अन्तराष्ट्रीय मानव अधिकार मनाईएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मानव अधिकार एलाईन्स केन्द्रिय उपाध्यक्ष तथा मानव अधिकार महाभेला लुम्बिनी प्रदेश संयोजक पोमनारायण पौडेलले मानव अधिकार जन्मदेखि मृत्यु सम्म हुने हुनाले सबैकिसिमले मानव अधिकार संग जोडिनु आवश्यक रहेको बताए । उनले मानव अधिकार प्रति राजनितिक दलको अहम भुमिका रहने हुनाले मानव अधिकार हनन् गर्ने व्यक्तिलाई राजनितिक सरक्षण गर्नु अपराध हुने बताए ।
त्यस्तै नेकपा जिल्ला अध्यक्ष र नेपाली काग्रेसका जिल्ला सदस्य रबि बहादुर काफ्लले परिवर्तन आफैबाट सुरु गर्नुपर्ने भएकाले मानव अधिकार सरक्षणका लागि आ आफ्नो पार्टीले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सिद्धार्थ क्याम्पसमा पुर्व क्याम्पस प्रमुख बालाराम ज्ञवालीले शिक्षा क्षेत्रबाट विद्यार्थीहरुलाई सानो उमेरबाटै मानव अधिकारको बिषयमा ज्ञान दिन सकिएमा घरपरिवार हुंदै समाजमा समेत सकारात्मक परिवर्तन हुने विश्वास व्यक्त गरे ।
मानव अधिकार एलाईन्सका जिल्ला अध्यक्ष रोमकान्त घिमिरेले सस्थाले गरेका कार्यहरुको बारेमा स्पष्ट पारेका थिए । कार्यक्रमका अध्यक्ष समेत रहेका घिमिरेले मानव अधिकारको चपेटामा परेका व्यक्तिहरुलाई वकालत गरी पिडकलाई कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा पु¥याउनसपर्ने सबैको दायित्व रहेको बताए ।
मानव अधिकार तथा सान्तीसमाज कपिलवस्तुका अध्यक्ष गोबिन्दराज पोख्रेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव तथा शिक्षाका लागि राष्ट्रिय अभियानका जिल्ला अध्यक्ष हरि अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।
मानव अधिकार महाभेला जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजना रहेको कार्यक्रममा मानव अधिकार एलाईन्स शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल कपिलवस्तुको लगायत दर्जन भन्दा बढि संस्थाहरुको सहकार्य रहेको थियो ।
कार्यक्रममा जिल्लाका मानव अधिकारकर्मि, राजनैतिक व्यक्तीत्वहरु, सुरक्षकर्मि, पत्रकार लगाएत थुप्रै शैक्षिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।








